हेटौंडामा एमबीबीएस पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठी
हेटौंडा । हेटौंडामा एमबीबीएस पाठ्यक्रम निर्माण सम्वन्धी तीन दिने कार्यशाला गोष्ठी आजबाट सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको आयोजनामा गोष्ठी सुरु भएको हो । गोष्ठीको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले स्वास्थ्यनै सबै भन्दा ठुलो धन भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताए ।
पहिलेको तुलनामा नेपालीको सरदर आयु बृद्धी भएर ७३ वर्ष पुगेको उनले बताए । पाठ्यक्रम बनाउँदा अब उत्कृष्ट बनाउनका लागि पनि उनले सुझाब दिए ।
यसैगरी बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले यो प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा अब्बल काम गरेको बताए ।
अहिले प्रतिष्ठानले पहिलेको तुलनामा स्वास्थ्य क्षेत्रमा फड्कोनै मारेको बताए । चिकित्सा शिक्षा आयोगका निर्देशक प्राध्यापक डाक्टर सुदिप आचार्य, प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डाक्टर सुमित्रा गौतम गायतकाको आतिथ्यता रहेको उद्घाटन् कार्यक्रमको समापन प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर प्रदिप ज्ञावालीले गरेका थिए ।







