मकवानपुरका दुई क्षेत्रबाट एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि नौ जनाको नाम सिफारिस

जनपत्र
२० पुष २०८२, आईतवार ०८:०४

हेटौंडा । नेकपा (एमाले) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई वटा निर्वाचन क्षेत्रबाट नौ जनाको नाम सिफारिस गरेको छ । पार्टीले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सात जना र क्षेत्र नम्बर–२ बाट दुई जनाको नाम सिफारिस गरेको हो ।

एमाले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को बैठकले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य रामेश्वर राना र एका लाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा तथा पार्टी नेताहरू मदनकुमार दाहाल, कृष्णप्रसाद दाहाल, रामचन्द्र राई र नारायण सापकोटाको नाम सिफारिस गरेको छ ।

यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ को बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सचेतक महेश कुमार बतौला र पार्टी नेता सुवास चन्द्र ठकुरीको नाम सिफारिस गरेको छ ।

सिफारिस भएका नामहरू जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाइने र पार्टीको अन्तिम निर्णयअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवार छनोट गरिने एमाले मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*