मकवानपुरबाट ६६ केजी गाँजासहित तीन जना पक्राउ
हेटौंडा — मकवानपुरस्थित इलाका प्रहरी कार्यालय मनहरीको टाेलीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।
६६ केजी १० ग्राम गाँजासहित पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका-८ क्याङराङका ४१ वर्षीय मनिकलाल चेपाङ सोही ठाउँका १९ वर्षीय दिपक भनिने थोमा चेपाङ र १९ वर्षीय सागर तामाङलाई पक्राउ गरेको हो।
इलाका प्रहरी मनहरीबाट शुक्रबार राति खटिएको टोलीले राक्सिराङ गाउँपालिका-८ युक्तीखोलाको किनारतर्फ पिठ्युमा भारी बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
रातो प्लाष्टिकले बेरेर गाँजा बोरामा प्याक गरेर मनहरीतर्फ ल्याइरहेको अवस्थामा प्रहरी फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले वताए । तीनै जनाले बोकेको प्लाष्टिकले बेरेको २/२ पोकामा ६६ केजी १० ग्राम गाँजा फेला परेको उनले बताए।







