राष्ट्रिय जनसंख्या नीति २०८२ का विषयमा हेटौंडामा सार्वजिनिकरण कार्यक्रम
हेटौंडा । राष्ट्रिय जनसख्या नीति २०८२ का विषयमा आज हेटौंडामा सार्वजनिकरण तथा अभिमुखीकरण कार्यक्रम भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आयोजना तथा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले अहिले सरकारले जनसख्या कम भएका ग्रामिण क्षेत्रमा धेरै खालका पूर्वाधार विकास गरेको बताए । गाउँमा जनसख्या कम हुँदा राज्यको श्रोत साधन सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च भएको उनले बताए ।
अबको विकास भनेको जनसख्या धेरै भएका क्षेत्रमा धेरै र कम भएका क्षेत्रमा कम खर्च गरिनुपर्ने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा लगायतकाले आफ्नो धाराणा ब्यक्त गरेका थिए । कार्यक्रममा प्रदेशको बिभीन्न मन्त्रालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।








