नेकपा मकवानपुरमा खतिवडा र विडारी सहित को–को भए सिफारिस ?
हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं। १ मा वहालवाला जनप्रतिनिधि ३ सहित १३ जना र २ मा वहालवाला जनप्रतिनिधि २ सहित ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ ।
मकवानपुर क्षेत्र नं। १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिंग, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना, बीरबहादुर थिंग सहित वहालवाला प्रदेस सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गापा अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय प्रमुख ललित घलान समेतको नाम सिफारिस भएको छ।
त्यसैगरी मकवानपुर क्षेत्र नं २ मा विरोध खतिवडा, रामनारायण बिडारी, बीरबहादुर घलान, लवशेर बिष्ट, सागर उप्रेती, किशोर बर्तौला सहित वहालवाला प्रदेश सभा सदस्य कुमारी मोक्तान र राक्सिरांग गॅाउपालिका उपाध्यक्ष बनस्थम थिंग समेतको नाम सिफारिस गरेको छ।
गत प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर १ मा कॅाग्रेस, माओवादी केन्द्र र एसका गठबन्धनका उमेद्वार महालक्ष्मी डीना उपाध्यायलाई पराजित गर्दै राप्रपाका उमेद्वार दीपक सिंह विजय हुनुभएको थियो भने क्षेत्र नं। २ मा पनि गठबन्धनका उमेद्वार बिरोध खतिवडालाई पराजित गर्दै एमालेका उमेद्वार महेश बर्तौला विजयी हुनुभएको थियो।
गठबन्धनका उमेद्वार पराजित भएको मकवानपुरमा यसपाली पनि प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
यसैगरी समानुपातिक तर्फ मुनु सिग्देल, प्रमिला लामा पुलामी , लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्यांग्तान, कृष्ण चेपांग, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोष कुमार तामांग, बालकृष्ण चौलागाई, रामहरी सुवेदी, कृष्णप्रसाद चौलागाई र कृष्ण घिमिरेको नाम बिभिन्न क्लस्टर अन्तर्गत सिफारिस भएको छ। त्यसैगरी आसन्न राष्ट्रिय सभाको निर्वाचनको लागि तारानाथ खतिवडा, बिष्णुमाया लामा र दिल बहादुर स्यांग्बोको नाम सिफारिस भएको छ।







