मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु १९ जना घाइते

जनपत्र
१ पुष २०८२, मंगलवार १९:२३

हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा ३ जनाको मृत्यु भएको भ भने अरु १९ जना व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका वडा नम्बर–७ अधेरी बस्ने ५५ वर्षिय केशव माझी, अधेरीकै ५५ वर्षिय युवराज माझी, अधेरीकै ४५ वर्षिय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । उनीहरु तीनै जनालाई हेटौंडा अस्पतालमा डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए । दुर्घटनामा अरु १९ जना र्घाते भएका छन् ।

आज अपरान्ह फास्ट ट्रयाकमा काम गर्ने कामदार बोकेर जादै गरेको लु ५ त १७४ नम्बरको टयाक्टर अनियन्त्रीत भएर पल्टिएको जनाइएको छ । दुर्घटनामा घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थल फास्ट ट्रयाकको निर्माण क्षेत्रमा पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*