मकवानपुरका दुइ निर्वाचन क्षेत्रबाट एमालेको महाधिवेशनको लागि को–को भए प्रतिनिधि ?
हेटौंडा । नेकपा एमाले पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि मकवानपुरका दुइ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरिएको छ । एमालेको ११ औ महाधिवेशन यहीमंसिर २७ गते देखि २९ गते काठमाडौँमा हुने छ । यसका लागि मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचन र क्षेत्र नम्बर २ मा सर्वसम्मतीबाट प्रतिनिधि चयन गरिएको हो ।
प्रतिनिधि चयनका क्रममा मकवानपुर निर्वाचन क्षेत्र नंबर १ बाट मतदानको प्रक्रियाबाट नविन सिग्देल, सुनिल मोक्तान, फुर्बा दोर्जे लामा, अणराज जर्गा मगर, आरती पाठक, सीता विष्ट, विना कुमारी थिङ र बोल बहादुर कार्की निर्वाचित भएका छन् । शनिवार हेटौंडाको हुप्राचौरमा रहेको पशुपती मन्दिरको सभाहलबाट आफ्ना २२ जना प्रतिस्पर्धिहरुलाई पराजित गर्दै ८ जना निर्वाचित भएका हुन् ।
मकवानपुर क्षेत्र नम्बर–२ बाट भने महाँधिवेशन प्रतिनिधिका रुपमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा निर्विरोध रुपमा चयन भएका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका कसको कती आयो मत ?







