हेटौंडा–१३ टुटेपानीमा ट्रक पल्टिँदा चालक घाइते

जनपत्र
१४ मंसिर २०८२, शनिबार १९:२५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा आज बिहान सवारी दुर्घटना भएको छ। पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको इट्टा लोड १२ चक्के ट्रक सडकमा हालेको स्ल्याब कमजोर भएकै कारण भाँचिँदा ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले घटनास्थलमा पुगेपछि चालक बारा, सिम्रनगढ नगरपालिका–८ बस्ने करिब २५ वर्षीय अकलेश कुमार साह दाहिने हात र पिठ्युँमा सामान्य चोट लागि घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए । दुर्घटनाग्रस्त ट्रक भने घटनास्थलमै रहेको छ। उक्त स्थान प्रहरी चौकी पदमपोखरीबाट करिब २ किलोमिटर पूर्व–दक्षिणतर्फ पर्ने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*