मकवानपुरको क्षेत्र नम्बर–१ बाट एमालेको ८ जना प्रतिनिधि चयनका लागि आज चुनाब हुँदै
हेटौंडा । नेकपा एमाले मकवानपुर क्षेत्र नम्ब।–१ बाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न आज चुनाब हुँदै छ । मकवानपुरको क्षेत्र नम्बर १ बाट ८ जना प्रतिनिधि चयनका लागि ४९ जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् । क्षेत्र नम्बर २ मा भने निर्विरोध प्रतिनिधि चयन गरिएको छ ।
एमालेको ११ औ महाधिवेशन मंसिर २७ गते देखि २९ गते काठमाडौँमा हुने तयारी संगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाइएको हो । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोगक सूर्य चन्द्र न्यौपानेले जानकारी दिए । यस्तै महिला तर्फ ८ जना र युवा तर्फ १० जनाले उम्मेदवारी दिएको उनले बताए ।
मकवानपुर क्षेत्र नम्बर–२ बाट भने महाँधिवेशन प्रतिनिधिका रुपमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा निर्विरोध रुपमा चयन भएका छन् ।







