हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

जनपत्र
१३ मंसिर २०८२, शुक्रबार ०७:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ।

मंगलवार पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ३८प ५८५० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी एक महिलालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी पर्सा वीरगञ्ज महानगरपालिका–१६ नागुवा निवासी तथा हाल हेटौंडा–१० कर्रामा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमलाई ठक्कर दिएर उपचारका लागि हेटौंडा अस्पताल पु¥याइएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताए ।

घटनास्थलमै पुगेको प्रहरी टोलीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। चालक बाराको सिम्रनगढ नगरपालिका–११ निवासी २५ वर्षीय सुनिल ठाकुर रहेका छन्। मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*