अधिबक्ता मदन दाहालद्वारा बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

जनपत्र
८ मंसिर २०८२, आईतवार १९:२९

हेटौंडा । प्याब्सन मकवानपुरका पुर्ब अध्यक्ष अधिबक्ता मदन कुमार दाहालले भिमफेदी गाउॅंपालिका वडानम्बर २ भैसे स्थित श्री कृष्ण मावी का ३३ जना बिधार्थीलाई एसईई तयारी कक्षा अध्ययनका लागि आबश्यक शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ ।

दाहालले ३५ हजार मुल्य बराबरका शैक्षिक सामाग्री बिधार्थीहरुलाई आईतबार बिधालय पुगेर हस्तान्तरण गर्नुभयो । बिधालयका सहायक प्रधानाध्यपक कृष्ण प्रसाद पौडेलले बिधालयमा आबासीय रुपमै बसेर अध्ययन गरिरहेका बिधार्थीलाई शैक्षिक सामाग्री सहयोगबाट बिधालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक उर्जा मिलेको बताउनुभयो ।

कार्यक्रममा भिमफेदी गाउॅंपालिका वडा नम्बर २ का सदस्य किरण थिङ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, अधिबक्ता अमृत बर्तौला लगायतको उपस्थिती रहेको थियो । अधिबक्ता बर्तौला र पुर्ब बिधार्थी बालकृष्ण बर्तौलाले बिधार्थीहरुलाई हौसला प्रदान गर्न शैक्षिक सामाग्री उपलब्ध गराउन आबश्यक समन्वय गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*