महाधिवेशनका विषयमा कांग्रेस मकवानपुरको यस्तो छ आधिकारिक धारणा

जनपत्र
८ मंसिर २०८२, आईतवार ०८:३६

हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअघि पार्टीभित्र जारी बहसलाई लिएर कांग्रेस मकवानपुरले आधिकारिक धारणा सार्वजनिक गरेको छ । शनिबार हेटौँडा–२ स्थित जिल्ला पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै मकवानपुर सभापति बुद्ध लामाले महाधिवेशन समसामयिक परिवर्तनलाई सम्बोधन गर्ने खालको हुनुपर्ने बताउँदै नेतृत्वलाई स्पष्ट सन्देश दिएका हुन् ।

सभापति लामाले महाधिवेशन ‘नियमित कि विशेष’ भन्ने विवादभन्दा पनि पार्टीको मौलिकता, परम्परा र विधानअनुसार समयमै अधिवेशन तथा महाधिवेशन हुनु जरुरी रहेको बताए। ुकांग्रेसले विधानमै तोकेअनुसार समयमै महाधिवेशन गर्छ भन्नेमा म पूर्ण विश्वस्त छु,ु उनले भने ।

उनका अनुसार पछिल्ला केही वर्षमा नेकपा माओवादी केन्द्रसँगको चुनावी गठबन्धन र एमाले नेतृत्वको सरकारमा सहभागी हुँदा कांग्रेसले राजनीतिक रुपमा ठूलो दबाब खेप्नुपरेको जनताको बुझाइ रहेको छ । यिनै कारणले पनि महाधिवेशनले पार्टीलाई वैचारिक स्पष्टतासँगै नयाँ ऊर्जा प्रदान गर्नुपर्ने उनको धारणा छ ।

ुकांग्रेस नेतृत्वले आफ्नो परम्परागत ऐतिहासिक मौलिकतालाई नबिर्सी समयमै महाधिवेशन गर्न आवश्यक छ,ु सभापति लामाले भने ।

कांग्रेसको केन्द्रमा महाधिवेशन कहिले र कसरी गर्ने भन्नेबारे चलिरहेको बहसबीच मकवानपुर कांग्रेसले महत्त्वपूर्ण राजनीतिक संकेतका रुपमा आफ्नो अभिव्यक्ति दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*