मकवानपुरको हेटौंडा सहितका पालिकास्तरमा एमालेले गर्‍यो जनप्रदर्शन

जनपत्र
२७ कार्तिक २०८२, बुधबार ०७:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरका दश वटै स्थानीय तहमा नेकपा उमालेले जनप्रदर्शन गरेको छ । प्रतिगामी षडयन्त्रका विरुद्ध मंगलबार नेकपा एमालेले मकवानपुर जिल्लाका सबै स्थानीय तहमा गरेको जनप्रदर्शनमा पार्टी कार्यकर्तासहित जनता सहभागी भएको सो पार्टीका नेताहरूले दाबी गरेका छन् ।
जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको विध्वंस र तोडफोडपछि दलका कार्यकर्ताहरूको गिरेको मनोबल जनप्रदर्शनले उकासेको सहभागीहरूको भनाइ छ ।

एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र र संसद् पुनर्स्थापनाको माग गर्दै देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २२ गते देशैभरीका वडा भेला भएका थिए भने मंगलबार अधिकांश पालिकाहरूमा जनप्रदर्शन भएका छन् । पालिकामा भएको जनदप्रर्दशनलाई पार्टीका नेताहरूले विभिन्न ठाउँमा सम्बोधन गरेका छन् ।

हेटौंडामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले बागमती प्रदेशका प्रमुख सचेतक एका लाल श्रेष्ठ लगायतका नेताहरुले संबोधन गरेका थिए ।

नेकपा एमाले हेटौडा उपमहानगरपालिका कमिटी द्वारा आयोजित संविधानको रक्षा र प्रतिगामी कदम विरुद्धको जनर्याली हेटौडामा भव्यताका साथ सम्पन्न भएको उपमहानगरपालिका कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले बताए ।

यस र्‍यालीलाई सफल पार्नको लागि जनताको घरघरसम्म सूचना प्रवाह गर्ने १९ वटै वडाका वडा कमिटीहरू, सबै टोल कमिटीका कमरेडहरू, हेटौडा पालिका कमिटीका सबै सहयोद्धाहरू, सबैजना संगठनका श्रमिक मजदुर, किसान, पेशागत श्रमजीवी वर्गहरू, महिला, युवा, विद्यार्थी, बौद्धिक वर्ग, स्वास्थ्यकर्मी, व्यवसायी, माथिल्लो कमिटीका सबै नेता कमरेडहरूमा सहयोग, समन्वयका लागि धन्यवाद समेत अध्यक्ष कार्कीले दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*