मकवानपुरको विकट क्षेत्रमा लगाइएको अबैध गाँजा खेती फडानी

जनपत्र
२२ कार्तिक २०८२, शुक्रबार १४:४०

मकवानपुर । मकवानपुरको बिकट क्षेत्रका बिभिन्न स्थानमा अबैध रूपमा खेती गरिएको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेटौंडाबाट खटिएको संयुक्त १०२ जनाको टोलीले चार दिनसम्म सञ्चालन गरिएको विशेष अभियानमार्फत ठूलो परिमाणमा गाँजा खेती नष्ट गरेको हो।

प्रहरीका अनुसार राक्सीराङ गाउँपालिकाका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, जोईटी तथा भिमफेदी गाउँपालिकाका भदौरे र ज्यार्बु क्षेत्रका बिभिन्न वडामा अवस्थित गाँजा खेती फडानी गरिएको हो। उक्त क्षेत्रमा गरी करिब ३० बिगाहा १० कठ्ठा जमिनमा लगाइएका गाँजाका बोट तथा बेर्नाहरू नष्ट गरिएको प्रहरीले जनाएको छ।

अवैध लागुऔषध खेती नियन्त्रण गर्न निरन्तर अभियान चलाइरहेको प्रहरीले जनाउँदै आगामी दिनमा यस्तो गतिविधि गर्नेहरूमाथि कडाइका साथ कानूनी कारबाही अघि बढाइने चेतावनी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*