बजेटका बाँकी सबै शिर्षकबाट खर्च गर्न नमिल्ने गरी बजेट रोक्का गरिएको आचार्यले जानकारी दिए । उनकाअनुसार सरकारले बजेट बारे नयाँ निर्णय नगरेसम्म बजेट रोक्का नै रहनेछ । ‘सरकारले गर्न लागेको बजेट संशोधनको प्रक्रियाका लागि रोक्का गरिएको हो । सरकारले एउटा निर्णय लिएपछि खुलाउँछौं ।’ उनले भने ।
यता सरकारमा भने पूरक बजेट ल्याउने की संशोधन गर्ने भन्ने विषय अझै टुंगिएको छैन । आर्थिक मामिलामन्त्री प्रभात तामाङले पूरक बजेट ल्याउने की संशोधन मात्रै गर्ने भन्ने विषयमा दलहरुबीच सहमतिको प्रयास भइसकेको जानकारी दिए । अनलाइनखबरसँग कुरा गर्दैै उनले भने, ‘कांग्रेस, एमालेलगायतका दलको बैठक बस्दैछ । त्याहाँ हुने निर्णयबाट पूरक बजेट ल्याउने की संशोधन गर्ने भनेर टुंगो लाग्छ ।’
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पूरक बजेटको विपक्षमा देखिएको छ । २३ असोजमा सरकारलाई ज्ञापन पत्र बुझाउँदै माओवादीले अनावश्यक खर्च कटौती गरेर चालू आवकै बजेट कार्यान्वयन गर्नुपर्ने, मन्त्रालय संख्या घटाउनुपर्नेलगायतका विषय उठाएको दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयन गर्न तयारी अवस्थामा देखिएको छ । ‘सरकारले गर्ने निर्णयअनुसार बजेट कार्यान्वयनका लागि हामी तयारी अवस्थामा छौं । के गर्ने भनेर पहिला सरकारले टुंग्याउन पर्यो,’ मन्त्रालयका सचिव झलकराम अधिकारीले भने ।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले १ असारमा ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुवातदेखि नै विवादित बनेको थियो । बजेटमाथिको विवाद समाधानका लागि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई जना प्रतिनिधिको अध्ययन कार्यदल गठन गरेर बजेटमा भएको बदनीयत र त्रुटीको अध्ययन भएको थियो । अनलाइनखवरबाट ।







