बागमती प्रदेश सरकारले क्षतिग्रस्त भवन मर्मतका लागि ३ करोड ८५ लाखको स्रोत सुनिश्चितता

जनपत्र
२३ आश्विन २०८२, बिहीबार ०८:२९

हेटौंडा । हालैको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयका संरचनामा भएको क्षतिको पुनःनिर्माणका लागि बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक स्रोत सुनिश्चितता प्रदान गरेको छ।

संघीय सरकार मातहत रहेको प्रदेश प्रमुखको कार्यालय सहित अरु तीन मन्त्रालयको भवन मर्मतका लागि ३ करोड ८५ लाख रुपैयाँको श्रोत सुनिश्चितता प्रदान गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले भौतिक पूर्वाधार विकास मन्त्रालय सहित अन्य मन्त्रालय रहेको भवन, सामाजिक विकास मन्त्रालय र आन्तिरिक मामिला तथा कानून मन्त्रालय भवन निर्माणका लागि अर्थ मन्त्रालयले आवस्यक बजेटका लागि श्रोत सुनिश्चितता गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षमै प्रचलित कानून र स्वीकृत मापदण्डअनुसार सार्वजनिक खरिद र आर्थिक कार्यविधि पालन गरी खर्च गर्न निर्देशन दिएको छ। साथै, खरिद सम्झौताबाट कायम भएको सम्झौता मूल्यमा कुनै पनि वृद्धि नगरिने र खर्चका लागि लेखा उत्तरदायी अधिकृतले नै पूर्ण जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयको निर्णय अनुसार, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार मन्त्रालय कार्यालयका लागि पूँजीगत खर्च शीर्षकबाट जम्मा ३ करोड करोड ५३ लाख १० हजार हजार रुपैयाँ बराबरको स्रोत सुनिश्चितता प्रदान गरिएको हो भौतिक पूर्वाधार विकास मन्त्रालयका लेखा प्रमुख श्रीराम पुडासैनीले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय सहित अन्य मन्त्रालय रहेको भवनका लागि एक करोड ९० लाख, सामाजिक विकास मन्त्रालय भवन मर्मत गर्न ७२ लाख ८१ हजारआन्तरिक मामिला तथा कानून मन्त्रालय भवन मर्मत गर्न ९ लाख ९३ हजार र प्रदेश प्रमुखको आवास भवन मर्मत गर्नका लागि २३ बिस हजार रुपैयाँको श्रोत सुनिश्चितता गरिएको हो । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेशको राजधानी हेटौंडास्थित विभिन्न सरकारी कार्यालयहरूमा ठूलो क्षति पुगेको थियो। प्रदेशसभा भवनदेखि सामाजिक विकास, आन्तरिक मामिला, कानुन तथा भौतिक पूर्वाधार मन्त्रालयका भवनहरूमा आगजनी र तोडफोड भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*