हेटौंडामा एमाले बागमती प्रदेश संसदीय दलको बैठक, के–के भए निर्णय ?

जनपत्र
२ आश्विन २०८२, बिहीबार १८:२२

हेटौंडा । हेटौंडामा आज नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेशको संसदीय दलको बैठक बसेको छ ।  एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाग थपलियाको अध्यक्षतामा संसदीय दलको बैठक बसेको हो ।

बैठकले यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनमा प्रदेशमा भएको सरकारी तथा निजी संपति माथीको क्षतिको विवरण तयार गर्ने निर्णय गरिएको छ । बैठकले प्रदेशभित्र रहेका संरचनाहरु कती क्षति भएको त्यसको तथ्याङ संकलन गर्ने, जेनजी आन्दोलनमा मृत्यु भएकाको श्रदान्जी गर्दै घाइतेहरुको उपचारमा सरकारले सहयोग गर्नका लागि माग गरिएको प्रदेश संसदीय दलका नेता थपलियाले बताए ।

यसैगरी बैठकले व्यक्तिगत र सार्वजनिक धनजनको क्षति भएको छ यसको उचित छानविनको माग प्रदेश सरकारसंग गरिएको गरिएको छ । प्रदेश सरकार र मातहतका कार्यालयमा शुशासन कायम गर्न सरकारसंग आग्रह गर्ने, आफै पनि बदलिएर काम गर्नका लागि सरकारसंग माग गरिएको थपलियाले बताए ।

त्यसैगरी क्षति भएका प्रदेशभरकिा भौतिक संरचना निर्वाचन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । यस प्रदेशका नेता र सांसदहरुको जलेका घरहरुको विवरण तयार गर्ने समेत निर्णय भएको बैठकमा सहभागि नेकपा एमालेका सांसद भारती पाठकले बताइन ।

यसैगरी आजै बागमती प्रदेशको सर्बदलिय बैठक बसेको छ । बैठकमा संविधान दिवस मनाउने, जलेका र क्षेति पुगेका संरचनाको निर्माण गर्ने, संसद बैठक छिटो बोलाउनका लागि माग गर्ने, खर्च कटौती गर्नका लागि प्रदेश सरकारले काम गर्ने निर्णय भएको एमाले संसदीय दलका नेता थपलियाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*