मकवानपुरमा आगो निभाउने क्रममा घाइते भएका जिम्बाको मृत्यु

जनपत्र
१ आश्विन २०८२, बुधबार १६:४३

हेटौंडा — आफ्नै पसलमा लागेको आगो निभाउने क्रममा घाइते भएका मकवानपुर बकैया गाउँपालिका–५ गरगरेका ४५ वर्षीय लिलाराम जिम्बाको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ । काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचाररत जिम्बाको मृत्यु भएको हो ।

आगो निभाउने क्रममा ४५ वर्षीय घरधनी जिम्बा घाइते भएका थिए । घाइते जिम्बालाई उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको थियो । पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल भर्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिएपछि एक्कासि आगलागी भएको थियो ।

आगलागीबाट दुईतले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको थियो । सहकारीको रकम घरमा ल्याएर राखेको १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सामान जलेर करिब २ करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*