शीतलनिवासमा जुट्यो सहमति : सुशीला कार्कीको आजै नौ बजे शपथ, प्रतिनिधिसभा विघटन हुने

जनपत्र
२७ भाद्र २०८२, शुक्रबार १९:५२

लामो रस्साकस्सीपछि शीतल निवासमा प्रतिनिधिसभा विघटन र सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ । शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ९ बजे कार्कीलाई शपथ खुवाउने तयारी छ ।

वार्तामा जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति र सुशीला कार्कीका साथै कानुनविद्हरू सहभागी थिए । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको हो ।

शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिने र प्रतिनिधिसभा विघटन गर्ने सहमति भएको हो ।

आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शितलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै पौडेल  प्रतिनिधिसभा विघटन गर्नेमा पनि सहमत भएका हन् । सुशीला कार्कीको अहिले साँझ ९ बजे   शपथ गराउने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*