मकवानपुर प्रहरीद्वारा जेन–जी आन्दोलनमा चोरी र लुटपाट गर्नेहरुको फोटो र भिडियो पठाउन अनुरोध

जनपत्र
२७ भाद्र २०८२, शुक्रबार १८:५६

हेटौंडा । मकवानपुर प्रहरीद्वारा जेने–जी आन्दोलन भइरहेको समयमा चोरी र लुटपाट गर्नेहरुको फोटो र भिडियो पठाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राष्ट्रव्यापी आन्दोलनका क्रममा हेटौंडा र जिल्लाका अन्य स्थानहरूमा भएका चोरी, लुटपाट तथा डकैती सम्बन्धी सामान फिर्ता गराउन र सो घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि सर्वसाधरणसँग सहयोग माग गरेको छ।

प्रहरीका अनुसार जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, स्टेशन तथा विभिन्न सरकारी कार्यालय, प्रतिष्ठान, व्यापारीक भवन, भाटभटेनी र व्यक्तिगत पसलहरूबाट विभिन्न नगद तथा जिन्सी वस्तु, प्रहरी पोशाक, सवारी साधन तथा अन्य सरकारी र निजी सम्पत्ति हराएको वा चोरी गरेर लगेको सूचना प्राप्त भएकोले तत्काल फिर्ता गर्नका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । सोही अन्र्तगत जिल्ला प्रहरी कार्यालयले मकवानपुर, मातहतका कार्यालय वा सम्वन्धीत कार्यालय वा निजी क्षेत्रलाई तुरुन्त फिर्ता गर्न आग्रह गरेको हो।

अनुरोधमा भनिएको छ कि फिर्ता नगर्ने व्यक्तिहरूविरुद्ध प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ। साथै, चोरी तथा लुटपाटको प्रमाण फोटो रभिडियोको लिङ्क राख्ने जो कोहीले ती प्रमाणहरू dpomakwanpurcdr@gmail.com मा पठाउन अनुरोध गरिएको छ । प्रहरीले फोटो र भिडियो पठाउने व्यक्तिहरूको नाम, ठेगाना र अन्य व्यक्तिगत विवरण गोप्य राखिने र ती सूचनाहरू मात्र अनुसन्धानमा उपयोग गरिने जानकारी दिएको छ।

यो सूचनाले शान्ति, सुरक्षा र अन्याय विरुद्धको कानुनी प्रक्रियालाई अघि बढाउन जनताको सहयोग अनिवार्य रहेको मकवानपुर प्रहरीको तर्फबाट भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*