कांग्रेस महामन्त्री गगन थापा हेटौंडा आउने
मकवानपुर । आगामी २४ भदौ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा हेटौंडा आउने भएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर–१ ‘ख’ ले ११२ औं वीपी जयन्तीको अवसरमा आयोजना गर्ने भेलालाई सम्बोधन गर्न थापा हेटौंडा आउने कार्यक्रम तय भएको कार्यक्रम विशेष आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ ‘ख’ सभापति राजेश बानियाँले शनिवार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री थापा सँगै कांग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुने जानकारी दिए ।
कार्यक्रममा जिल्लाभरी बाट करिब दुई हजार कांग्रेस कार्यकर्ता र सुभेच्छुकहरुको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभइ सन्देशमूलक रहने जानकारी दिए ।
“कांग्रेस महामन्त्री थापाले विशेष भेलामा पार्टीको समसमायिक विषय, प्रधानमन्त्री ओलीको चीन भ्रमण सन्दर्भ र कार्यसम्पादन समितिको विषयमा जानकारी दिनुहुन्छ । कांग्रेस मकवानपुर जिल्ला सदस्य, कार्यकता र जनप्रतिनिधिहरुलाई पार्टीका विधि, विधान र काम कारबाहि बारे विशेष सन्देश दिने कार्यतालिका तय भएको छ ।” उनले भने ।
पत्रकार सम्मेलनमा कांग्रेस जिल्ला सभापति बुद्ध लामा, कांग्रेस जिल्ला सहसचिव इन्दिरा न्यौपाने, कांग्रेस मकवानपुर क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, र कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं लगायतको उपस्थिति रहेको थियो ।







