आम नागरिकका समस्या समाधान गर्न समिति सभापति श्रेष्ठको सरकारसंग माग
हेटौंडा । बागमती प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले नागरिकहरुको अपेक्षा अनुसार काम गर्न लागि प्रदेश सरकारका मन्त्रीहरुलाई आग्रह गर्नु भएको छ ।
बागमती प्रदेशसभाको बैठकलाई संबोधन गर्नुहुँदै उहाँले प्रदेश सरकारका १४ वटा मन्त्रालयबाट नागरिकका याबत समस्याहरुलाई समाधान गर्नका लागि पहलकदमी गर्नुपर्ने बताउनुभयो ।
अहिलेको यो समयमा किसानहरुले मल, विउ, पाउने विषयमा निकै कष्ट बेहोरी रहेका र मल तस्करी हुने गरेकोले यो समस्या समाधानमा प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उहाँले ध्यानाकर्षण गराउनुभयो ।
अहिले पनि किसानले पाउने मलतमा कालोबजारी भइरहेकाले यसको नियन्त्रण गर्नका लागि उहाँले प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारबाट बिगतमा निर्माण गरिएका कयौ पूर्वाधारहरु कार्यान्वयनमा आउन नसकेकोमा उहाँले दूख व्यक्त गर्दै आगामी दिनहरुमा यसमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कृषि मन्त्रालयलेले निर्माण गरेको धुलो दूध उत्पादन गर्ने कारखानाका लागि ५० करोड खर्च भएको छ तर, यसको सञ्चालनका लागि मोडालीटी तयार नहुँदा समस्या भइरहेको समितिका सभापति श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारको लगानीमा चिस्यान केन्द्रहरुमा करोडौ लगानी गरिए पनि त्यो स्थानीय तहहरुलाई हस्तान्तरण गर्न नसकिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘बर्षायामको समयमा विधिन्न रोगहरु देखा परेका छन् ।रेविजका कारण मानिसले उपचार गर्न पाएका छैनन् । ती एचआइभी संक्रमितहरुका समस्या, उपचार र उनीहरुका बालबालिकाहरुका लागि सरकारले सहयोग गर्न जरुरी रहेको छ । प्रदेश अस्पताल बनाउने भनेर भनियो तर, काम हुन सकेको छैन ।







