मकवानपुरगढीको सहिद बासुदेब मार्ग सडक निर्माण गरिदै, ३ करोड लागतमा ठेक्का आवहान

जनपत्र
१२ भाद्र २०८२, बिहीबार १०:२४

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–६ को डुम्रेकुना सिरानदेखि सरमपुरसम्म जोड्ने सहिद बासुदेब मार्ग सडक खण्डमा निर्माण कार्य सुरु हुने भएको छ ।

करिब ३ करोड रुपैयाँ लागतमा स्लाब ढलान, नाला र वाल निर्माण गरिने उक्त सडकका लागि सडक डिभिजन कार्यालय हेटौंडाले ठेक्का आवहान गरेको हो ।

सडक निर्माणका लागि आवश्यक बजेट संघीय सरकारबाट मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा एमालेका मुख्य सचेतक महेश कुमार बतौलाको पहलमा विनियोजन भएको हो । सांसद बतौलाले स्थानीयको लामो समयदेखि रहेको मागअनुसार सडक स्तरोन्नति गर्न बजेट ल्याइएको बताएका छन् ।

स्थानीयवासीले सडक स्तरोन्नतिसँगै आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सुगमता हुने र गाउँको समग्र विकासमा टेवा पुग्ने अपेक्षा रहेको मकवानपुरगढी गाउँपालिकाका निबर्तमान अध्यक्ष विदुर हुमागाँईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*