बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मतसहित विश्वासको मत प्राप्त

जनपत्र
२८ श्रावण २०८२, मंगलवार १९:४२

हेटौंडा, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसदबाट विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको छ।

सत्ता गठबन्धनको एक सांसद अनुपस्थित रहेकाले उनका पक्षमा मत संख्या एक कम भयो। कुल ११० सदस्यीय प्रदेशसभामा सरकार कायम राख्न ५६ मत आवश्यक पर्छ। कांग्रेसका ३६ र एमालेका २७ सांसदले बानियाँलाई समर्थन गरेका हुन्। कांग्रेसका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार विदेशमा भएकाले बैठकमा सहभागी हुन सकेनन्।

बैठकमा उपस्थित ९२ सांसदमध्ये बानियाँको विपक्षमा २२ मत परेको छ भने ७ मत तटस्थ रहेको थियो। १८ सांसद अनुपस्थित रहे भने सभामुखले मत विभाजनमा भाग लिएनन्।

साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत लिएका हुन्। नियुक्त भएको एक हप्तामै उनले आज सदनबाट औपचारिक विश्वासको मत हासिल गरेका हुन्।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*