बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाद्वारा पदभार ग्रहण, यातायात क्षेत्रमा पाँच सय जनालाई रोजगारी सृजना गरिने
हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पदभार ग्रहण गरेका छन् । आफ्नो मन्त्रालयमा पुगेर मन्त्री थापाले आजै पदभार ग्रहण गरेका हुन् । मन्त्री थापाले आज पदभार ग्रहण गरेपछी तीन वटा महत्वपूर्ण निर्णय समेत गरेका छन् ।
उनले यातायात व्यावस्था नियमावली बनाइने, प्रदेशमा आइटी हब बनाउने र ५ सय जना युवाहरुलाई सवारी चालक तालिम दिएर यातायातका क्षेत्रमा रोजगारी सृजना गर्ने निर्णय गरेका हुन् । उनी नेकपा एमालेका तर्फबाट यस प्रदेशमा मन्त्री बनेका हुन् । उनीसंगै कांग्रेसका दुइ जना र एमालेका अरु ५ जना मन्त्री बनेका छन् ।






