हेटौंडामा वन्द प्रशिक्षमा रहेका कुस्तीका राष्ट्रिय खेलाडीलाई ट्रयाक सुट वितरण

जनपत्र
१६ आश्विन २०७६, बिहीबार ११:३२

हेटौंडा । नेपालमा हुन लागेको १३ औ सार्क स्तरिय खेलको तयारीका लागि हेटौंडामा भईरहेको वन्द प्रशिक्षणमा हेटौंडा उपमहनागरपालिकाले ट्रयाकसुट बितरण गरेको छ । सार्क स्तरिय खेलमा महिला र पुरुष तर्फको कुस्तीको बन्द प्रशिक्षणमा देशभरबाट आएका खेलाडीका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ट्रयाक सुट वितरण गर्नुभएको हो ।

महिला १५ जना र पुरुष १५ जना कुस्तीका खेलाडीलाई जनही एक एक जोर ट्रयाक सुट वितरण गरिएको हो । साथै प्रशिक्षकलाई पनि वितरण गरिएको छ । खेल क्षेत्रलाई सधै मायाँ गर्ने र राष्ट्रिय स्तरको यस खेलका लागि शुभकामना व्यक्त गर्दै उहाँले थोरै भएपनि आफुहरुले सहयोग गरेको वताउनुभयो । बितेको साउन महिना देखिनै कुस्तीको वन्द प्रशिक्षणमा खेलाडीहरु ह्ेटौंडाको कवर्ड हलमा तयारी गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*