गुरुपूर्णिमा विशेषः मकवानपुरमा विद्यार्थीले गरे गुरुलाई सम्मान

जनपत्र
२६ असार २०८२, बिहीबार १०:४५

हेटौंडा । आज गुरुपूर्णिमाको अवसरमा मकवानपुरका विद्यालय र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न कार्यक्रम गरी आफ्ना गुरुलाई सम्मान गरेका छन्। गुरु विना ज्ञान छैन, ज्ञान विना जीवन छैनु भन्ने भावनासहित विद्यार्थीहरूले पुष्प, खादा, टीका र शुभकामना सहित शिक्षकप्रतिको कृतज्ञता व्यक्त गरे।

हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मनहरी, बकैया, थाहा नगर लगायतका क्षेत्रमा रहेका दर्जनौं विद्यालय र क्याम्पसहरूमा विशेष कार्यक्रमहरूको आयोजना गरी गुरुपूर्णिमा मनाइएको हो।
यहाँका बिद्यालय र क्याम्पसहरुमा कार्यक्रममा सहभागी विद्यार्थीहरूका अनुसार गुरुपूर्णिमा केवल सांस्कृतिक पर्व मात्र नभई शिक्षकप्रतिको श्रद्धा प्रकट गर्ने महत्वपूर्ण दिन हो। मकवानपुर बहुमखी क्याम्पसकी एमुना कडेल भन्छिन्, “हामी जुनसुकै ठाउँमा पुगे पनि आजको दिन हाम्रा गुरुहरूलाई सम्झन जरुरी हुन्छ। उहाँहरूको मार्गदर्शन बिना हामी शून्य थियौं।”

गुरुपूर्णिमाको अवसरमा सम्मानित भएका शिक्षकहरूले पनि विद्यार्थीहरूको यस्तो आत्मीयताले आफूहरू थप जिम्मेवार बनेको महसुस गरेको प्रतिक्रिया दिएका छन्।

यसरी मकवानपुरमा गुरुपूर्णिमा पर्व शैक्षिक संस्थाहरूमा शिक्षणभन्दा बाहिरका भावनात्मक सम्बन्ध निर्माण गर्ने अवसर बनेको छ। परम्परागत गुरु–शिष्य संस्कृतिको पुनः जागरण गर्ने यस दिनले आज पनि शिक्षा क्षेत्रमा विशेष महत्व राखेको स्पष्ट देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*