हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जनपत्र
२० असार २०८२, शुक्रबार ०७:०८

मकवानपुर । हेटौंडामा गएराति माेटरसाइकल दूर्घटना हुँदा राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाकाे निधन भएकाे छ । गएराति करिब ११ः२० बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा धनुषा जनकपुर–४ घर भई हाल हेटौंडा–११ मा बसोबास गर्दै आएका ४५ वर्षीय दिपेन्द्र  झाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालका अनुसार बुद्धचोकतर्फबाट थानाभ्याङतर्फ गइरहेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनाको खबर प्राप्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली घटनास्थलमा पुगेर गम्भीर घाइते झालाई उद्धार गरी तत्काल हेटौंडा अस्पताल पुर्‍याइएको थियो।

तर, उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हाल मृतकको शव हेटौंडा अस्पतालमै राखिएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*