बागमती प्रदेश सभा बैठक १९ गतेका लागि सर्यो

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्न सकेन । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण आजका लागि बोलाइएको बैठक बस्न नसकेको हो ।
आज दिउसो १ बजेका लागि बोलाइएको बैठक १९ गते सम्म सरेको छ । बागमती प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफलका गर्न बोलाइएको प्रदेश सभा बैठक आज पनि बस्दै नबसरी स्थगित गरेको हो ।
बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो । यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो ।