मकवानपुमा ४६.८६ प्रतिशत विद्यार्थी एसईई उत्तीर्ण

जनपत्र
१४ असार २०८२, शनिबार १०:०५

 हेटौंडा।  शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजा शुक्रबार साझँ सार्वजनिक गरेको छ।

प्रकाशित नतिजा अनुसार मकवानपुर जिल्लाबाट परीक्षा दिने कुल ५८८७ मध्ये ३१२८ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

नतिजा अनुसार, ४.० GPA ल्याउने विद्यार्थीको संख्या ५ जना रहेको छ ।  ४.० GPA भन्दा कम र ३.६ GPA भन्दा माथि ल्याउने विद्यार्थीको संख्या ३७२ जना सामान्य तर्फ र ६ जना प्राविधिक तर्फ गरेर जम्मा  ३७८ जना रहेको छ ।  त्यसैगरी,

• ३.२ देखि ३.६ GPA समूहमा ८०२ विद्यार्थी (सामान्य ७७२, प्राविधिक ३०)

• २.८ देखि ३.२ GPA समूहमा ९८१ विद्यार्थी (सामान्य ९२७, प्राविधिक ५४),

• २.४ देखि २.८ GPA समूहमा ५३९ विद्यार्थी (सामान्य ५३२, प्राविधिक ७),

• २.० देखि २.४ GPA समूहमा ५४ विद्यार्थी उत्तीर्ण भएका छन्।

जम्मा २८१० जना सामान्य विधाबाट र १३२ जना प्राविधिक विधाबाट गरी कुल ३१२८ जना परीक्षार्थी उत्तीर्ण भएका छन्।

उत्तीर्ण दर:

सामान्यतर्फ ४७.०४% र प्राविधिकतर्फ ४२.३५% रहेको छ। कुल मिलाएर ४६.८६% परीक्षार्थी उत्तीर्ण भएका हुन्।

यसपटक Incomplete परीक्षार्थी संख्या २२९ रहेको छ भने कुल परीक्षा दिने विद्यार्थी संख्या ५८८७ रहेको छ।

शिक्षा इकाइले नतिजा सार्वजनिक गर्दै सफल विद्यार्थीहरूलाई बधाई तथा आगामी शिक्षाजगतको लागि शुभकामना दिएको छ।

May be an image of ‎ticket stub and ‎text that says '‎शिक्षा विकास йε तथा समन्वय इकाड, मकवानपुर لا GPA SEE Result 2081 General r.0 Technical با Total कम ل २.5 २.४ ३ওद GPA GPA दाखि माथि GPA भन्दा GPA दखि मांथ ३.६ GPA भन्दा कम GPA दाख माथि ३.२ GPA भन्दा कम GPA दख मांथि २.5 GPA भन्दा R.0 GPA दखि मांथि २.४ GPA भन्दा कम जम्मा उत्तीर्ण परीक्षार्थी संख्या उत्तीरण प्रतिशात Incomplete जम्मा परीक्षार्थी संख्या ३७२ ૭૭२ ९२७ १३२ कम ၃၀ أد ও 50신 १६१ ٣3ل حع o 2662 97 2759 42.35 46.86 3128 132 229 5887 47.04 04 2996 5658 ប្របូ 22009103/92 រនា(.‎'‎‎

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*