हेटौंडामा होटलको रेलिङबाट खसेर एक जनाको मृत्यु

जनपत्र
३ असार २०८२, मंगलवार ०९:११

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीमा एक पुरुष हेटौंडा–१० बसपार्कको भवनको तेस्रो तलाबाट लडेर गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

हेटौंडा–१० बसपार्कमा रहेको रोशन होटल एण्ड लजमा अन्दाजी २६ वर्षकी ममता प्रजाका श्रीमान् अमित मोक्तान ३० वर्षका सोही होटलमा श्रीमती बस्ने कोठामा आएका थिए। घटनाको बेलामा उनी होटलको तेस्रो तलामा गएका र बाहिरी रेलिङबाट अचानक खसेको र उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि घाइते मोक्तानलाई उनकी श्रीमती ममता प्रजा र होटल सञ्चालक अरुण पन्तले तत्कालै हेटौंडा अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक जाँचमा दुवै हातमा सामान्य चोट देखिए पनि भित्री चोट गम्भीर रहेको चिकित्सकले बताएका थिए।

घाइतेको अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा रिफर गरिएको थियो। तर, अस्पताल पुगी उपचार भइरहेको अवस्थामा गएराती चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*