हेटौंडामा लगानी गरेर काम गर्छु भन्दा पनि स्थानीय सरकारको असहयोगले काम गर्ने वातावरण बनेन–अधिकारी

हेटौंडा । दश वर्ष सम्म जापानमा काम गरेर कमाएर ल्याएको पैसाले लगानी गरेर काम गर्छु र रोजगारी सृजना गर्छु भन्दा पनि एक युवकले त्यो वातावरण नपाएको गुनासो गरेका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ का दामोदर अधिकारीले हेटौंडा–९ मा रहेको आफ्नै जग्गामा रिसोर्ट र चार्जिङ स्टेसन खोल्नका लागि स्थानीय सरकारको हसयोगका कारण काम गर्ने वातावरण नभएको गुनासो गरेका छन् ।
जापानमा गएर दुख गरेर ल्याएको पैसाले आफ्नै ठाउँमा केही गर्छु भन्दा काम गर्ननै नदिएको बताउँदै अधिकारीले भने–‘पहिले चार्जिङ स्टेसन राख्ने भनेर हेटौंडा उपमहानगरपालिका, नेपाल विद्युत प्राधिकरण सबैतिरका सरकारी निकायबाट स्वीकृति लिए २० लाख रुपैयाँजती लगानी पनि गरे ।
अहिले वडा कार्यालय, उपमहानगरपालिका, दलका नेताहरु, स्थानीय वासिन्दाहरुको कारण मैले काम गर्न सक्ने वातावरण बनेन ।’ उपमहानगरपालिकाको प्रत्यक कोठामा चहर्दा पनि काम गर्न नसकेपछी आफुले दुख गरेर ल्याएको रकमको लगानी गर्न नपाएको उनले गुनासो गरे । लगानी गरेर स्थानीयलाई रोजगारी दिन्छु भन्दा पनि बिभीन्न बहानामा काम गर्ने वातावरणनै नदिएको अधिकारीको गुनासो छ ।
काम गर्नका लागि सबै सरकारी प्रक्रिया पुरा गर्दा पनि लगानी गरेर काम गर्न नपाएपछी आफु निरास भएको उनले दुखेसो पोखे । मकवानपुरको जिल्ला प्रशासन कार्यालय देखि सबै सरकारी कार्यालय पुग्दा पनि आफुले विदेशमा दूख गरेर ल्याएको रकमको लगानी गर्न नपाएको उनको गुनासो छ ।