हेटौँडा-काठमाण्डौ जोड्ने कान्तिलोकपथ आजदेखि चार दिन बन्द : वैकल्पिक सडक प्रयोग गर्न आग्रह

जनपत्र
२२ जेष्ठ २०८२, बुधबार ०७:१८

हेटौँडा – काठमाण्डौजोड्ने सडक कान्तिलोकपथ आजदेखि चार दिन पूर्णरुपमा बन्द भएको छ ।

कान्तिलोकपथअन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजदेखि २४ गतेसम्म सडक पूर्णरुपमा बन्द हुने जानकारी दिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*