मनहरी–२ गोगनघारीका ७७ परिवारमा पानीको समस्या हट्यो, लाइन बसेर कुवाको पानी ल्याउनुपर्ने बाध्यताबाट मुक्ति

एक घण्टाको उकालो र ओरालोबाटो हिडेर कुवामा लाइन बसेर पानी ल्याउनुपर्ने बषौँ अघिदेखिको समस्या हटेपछी स्थानीय वासिन्दाहरु निकै खुसी भएका छन् । सोलारको सहयोगले लिफ्टिङ गरेर पानी ल्याएपछी घरघरमा जडान गरिएका धारामा पानी आएको छ ।
जनपत्र
१९ जेष्ठ २०८२, आईतवार १७:४६

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–२ गोगनघारीका राम बहादुर आलेलाई वषौदेखि कुवाको फोहोर पानी खानुपर्ने बाध्यता थियो । त्यही कुवाको पानी लिनका लागि पनि एक घण्टा लामो उकालो र ओरालो बाटो भएर कुवामा पुग्नुपथ्र्यो । त्यही कुवामा पनि बिहान बेलुकाको समयमा पालो कुर्नुपर्ने अर्को बाध्यता पनि थियो ।

लाइनमा गाग्रो राखेर पालो कुर्दाकुर्दै कहिलेकाही त पानी सकिएलाकी भन्ने पिर पनि थियो । आलेको जस्तै समस्या गोगनघारीका ७७ परिवारले बषौदेखि खेप्नुपर्यो । खानेपानीको मुहानको अभावले पनि यहाँ कसरी खानेपानी खुवाउने भन्ने समस्याले झनै पिरोलीरहयो । जहाँ समस्या त्यहाँ उपाय भनेझै स्थानीय र प्राविधिकको सहयोगमा लिफ्टिङबाट खानेपानी लिकाल्ने योजना बनाइयो ।

यो योजनामा खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ हेटौंडाको कार्यालयले साथ दिएपछी अहिले स्थानीयहरु दंङ्ग परेका छन् । २०७८ सालमा यहाँ खानेपानी योजना सुरु गर्नका लागि खुर्सानीबारी खानेपानी योजनाका रुपमा सुरु गरिएको मनहरी गाउँपालिका वडा नम्बर–२ का पूर्व वडा अध्यक्ष आनन्द घलान बताउँछन् ।

पहिले खानेपानी योजना सुरु हुनुभन्दा पहिले कुवाको पानी लिन जाँदा चैत, बैशाखको समयमा त फोहोरको समस्याले स्थानीयहरु थप समस्यामा रहेको स्मरण गराउँदै घलानले भने–‘घरमा पानीको समस्या भएपछी कुवामा गइन्थ्यो, तर, कुवामा भने गर्मीका कारण कुकुरहरु खेलीरहेको भेटिन्थ्यो । त्यही कुकुरलाई हटाएर पानी भरेर ल्याउनुपर्ने बाध्यतामा हामी बाध्य थियौं ।’

गाउँघरका सबै परिवारलाई सधै आफुलाई खान र गाइ, भैसीलाई, बाख्रालाई पानी खुवाउनकै चिन्ताले सताउने गरेको थियो । २०७८ सालमा सुरु गरेको खानेपानी योजनाको सबै काम चालु आर्थिक वर्षमा सम्पन्न भएको छ । यस क्षेत्रमा पानी खुवाउनका लागि मनहरी गाउँपालिका वडा नम्बर–२ गोगनघारी ठाडोखोलामा पानी खुवाउनका लागि वन स्याङतान खोल्सीबाट पानी ल्याइएको यस आयोजनाका लागि खटिएका प्राबिधिक राजिव राय बताउँछन् ।

यहाँ पानी ल्याउनका लागि मुहान नभएकाले तल जमिन मुनीको पानी लिफ्टिङ गरेर निकालिएको बताउँदै उनले भने–‘यस क्षेत्रमा बिजुलीको लाइन पनि नभएको समयमा सोलारबाट बिजुली निकालेर जमिनमुनीको पानी लिफ्टिङ गरेर तानिएको छ । इनार खनेर पानी तानेर यहाँका सबै परिवारलाई खुवाइएको छ ।’ पानीको मुहान धेरै टाढा भएकाले ल्याउनका लागि समस्या पनि छ । त्यसैले पनि इनार खनेर पानी ल्याउनुपरेको उनले बताए ।

२०७८ साल देखि चालु आर्थिक वर्ष सम्म करिब डेढ करोड रुपैयाँ लगानी गरिएको बताउँदै उनले भने–‘सुरु भएदेखि हरेक वर्ष डिभिजन खानपानीको बजेटबाट निरन्तर रुपमा काम गरेपछी यस वर्ष यहाँका नागरिकलाई पानी खुवाउनका लागि सफल भएका छौं । लगानी अनुसार यहाँका ७७ परिवारका प्रत्यक घरमा धारा जडान गरेर पानी खुवाइएको छ । चालु आर्थिक वर्षमा पनि यस योजनाका लागि १३ लाख रुपैयाँ खर्च गरिएको छ ।

पहिले पानीका लागि धेरैनै समस्या बेहोर्नुपरेपनि अहिले भने यो समस्या हटेको स्थानीय निरु लामा बलले बताइन । खानेपानीको मुहान नजिक नभएका र टाढाबाट पानी ल्याउनका लागि धेरै खर्च हुनेभएपछी यस क्षेत्रको पानीको समस्या समाधानका लगि लिफ्टीबाट पानी निकालेर खुवाइएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर–१ का हेटौंडाका प्रमुख रविन श्रेष्ठले बताए ।

प्रविधिको विकाससँंगै पानीको गुणस्तर बारेमा ज्ञान वृद्धि हुँदै गयो र भूमिगत जलको प्रयोग पहिलो रोजाइमा पर्न थाल्यो । भूमिगत जलको प्रयोग जनसंख्या वृद्धिसंँगै नदी किनारा तथा ताल–पोखरीभन्दा पनि पर बस्ती विस्तार गर्नुपर्ने बाध्यतासंँगै सोही स्थानमा उपलब्ध हुने पानीको स्रोेत खोजी गर्नुपर्ने स्थिति सिर्जना भयो । यसरी सतहमा उपलब्ध हुने पानी तथा सतह मुनिको पानी दुवै हाम्रो दैनिकीसंँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।

यसै सन्दर्भमा नेपालमा पिउने पानीको स्रोेत विशेषतः भूमिगत जलस्रोेतको महत्त्व, सामाजिक समस्या र त्यसको समाधानका लागि आउँंदा दिनमा अवलम्बन गर्नुपर्ने नीति, सरकारी जिम्मेवार निकाय र त्यहाँ आवश्यक जनशक्ति बारेमा विवेचना गर्नु सान्दर्भिक हुनेछ । पहाडदेखि तराईसम्म पिउने पानीका लागि धेरै पहिलेदेखि नै भूमिगत जलस्रोेत उपयोग गरिँंदैछ । पहाडमा विशेषतः मूलबाट तथा समथर भागमा इनार तथा कलधारामार्फत प्राप्त पानी उपयोग गरिन्छ । धेरै पानी प्राप्त गर्न गहिरो बोरिङ गरेर पम्पले तान्नुपर्ने हुन्छ ।

पहाडमा त्यस्ता स्थानमा मात्रै मूल उपलब्ध हुन्छ, जहाँ भूमिगत जलको सतह र जमिनको सतहको अवस्थिति समुद्र सतहबाट कम्तीमा एउटै उचाइमा रहन जान्छ । यथार्थमा नेपालमा दुई किसिमको भूमिगत जलस्रोेतको भण्डारको कल्पना गर्न सकिन्छ ः चिरा–चिरा परेको चट्टानी भागमा हुने जलभण्डार र नरम बलौटे माटोमा हुने जलभण्डार । पहाडमा पहिलो किसिमको जलभण्डारको उपलब्धता रहन्छ भने पहाडी भागको उपत्यका तथा तराईको समथर भू–भागमा मूलतः दोस्रो किसिमको जलभण्डारको सम्भावना रहन्छ ।

पहाडमा भूमिगत जलस्रोेतको मुख्य प्रयोजन भनेको पिउन हो भने तराईमा भूमिगत पिउन तथा सिंचाइ दुवैका लागि हो ।तराईमा भूमिगत जलस्रोेतको उपलब्धतामा खासै कमी आएको देखिंँदैन भने पहाडी भागमा यसको उपलब्धतामा कमी आएको कारण सामाजिक समस्या उत्पन्न भएका समाचारहरू विभिन्न पत्रपत्रिकामा हामीले पढ्दै आएका छौं । खानेपानीका कुवामा पानी आउनै छाडेको र सुक्न लागेकाले पाँचथरका केही गाउँका वासिन्दाले घन्टौं हिँडेर पानी थाप्नुपर्ने बाध्यता छ भने पानी लिन टाढा जानुपर्ने कारणले छोरी दिन अस्वीकार गरिएका समाचार पनि आएका छन् । प्युठानमा शुद्ध पिउने पानीको अभावमा खोलाको पानी पिउन बाध्य भएको समाचार पहाडको ठूलो जनसंख्याले भोग्नुपरेको समस्याको प्रतिनिधिमात्रै हो ।

काभ्रे पाँचखालका किसान पानीका मुहान र इनार सुक्दै गएपछि दूध बेचेर पानी किन्न बाध्य छन् भन्ने समाचारले समस्याको गहिराइलाई संकेत गर्छ । रामेछापको भलुवाजोरमा स्थानीयले पानीको स्रोत नजिकै ट्यांकी बनाई ताल्चा लगाउने धाराको व्यवस्था गरी पानीको सुरक्षा गर्नुपर्ने अवस्था आइपर्नुले राम्रोे कुराको संकेत गरिरहेको छैन ।पानीको उपलब्धतामा कमी आउनुमा विभिन्न कारण छन्, जसमा वातावरण विनाश । जस्तै– जंगल फँडानी, ग्रामीण सडक निर्माण लगायत जनसंख्या वृद्धि तथा जलवायुमा आएको परिवर्तन, जस्तै– लामो समयको झरीको साटो छोटो समयमा अत्यधिक वर्षा हुनु आदिलाई लिन सकिन्छ । यस समस्यालाई समयमा नै सम्बोधन नगर्ने हो भने गाउँका गाउँ बसाइँ सर्न बाध्य हुनेछन् भने सामाजिक अन्तरकलहको परिस्थिति सिर्जना हुनसक्छ ।

उक्त समस्याको समाधान गर्न सामान्यतः स्रोत व्यवस्थापन, पूर्वाधार निर्माण गर्दा प्राकृतिक वातावारणीय पक्षलाई ध्यान दिने, उचित भू–उपयोगलाई व्यवहारमा लागु गर्ने जस्ता कार्यलाई लिने गरिन्छ । तर यति प्रयासले मात्रै पानीको उपलब्धता सुनिश्चित गर्न सकिँदैन । भूमिगत जलको सतह जमिनभन्दा तलतल जाँदै गरेको अवस्थामा प्राकृतिक बहावबाट प्राप्त हुने मूलको पानीको मात्रामा कमी आउनु अथवा मूल सुक्नु सामान्य कुरा हो । यसको अर्थ भूमिगत जलभण्डार पूरै रित्तिएको भने हैन । तसर्थ जमिनमुनि चट्टान भित्रको जलभण्डारमा भएको पानीको प्रयोग गर्नु नै समस्या समाधानका लागि दिगो र उचित कदम हुनेछ ।

उक्त जलभण्डार उपयोग गर्नका लागि सम्बन्धित प्राविधिकको ज्ञानको उपयोग गर्नु जरुरी हुन्छ र उक्त व्यक्ति भनेको भूगर्भ विज्ञानको आधारभूत ज्ञान भएको भूमिगत जलविज्ञ हो । कस्तो किसिमको भौगर्भिक अवस्थिति, चट्टानको प्रकार र संरचना भूमिगत जलभण्डारणका लागि उपयुक्त भई कुन स्थानमा कति गहिराइमा भूमिगत जलसतह अवस्थित हुनसक्छ भनी अध्ययन गर्नु भूमिगत जलविज्ञको क्षेत्रभित्र पर्छ । पहाडी भागमा पिउने पानीको समस्या समाधान गर्नका लागि चट्टानभित्र सञ्चित पानीलाई कम गहिराइका बोरिङहरू ड्रिल गरी प्रयोगमा ल्याउन सकिन्छ । भूमिगत जलस्रोतको अध्ययन, अनुसन्धान र दोहनमा प्रत्यक्ष सरोकार राख्ने र त्यससम्बन्धी दक्ष जनशक्ति भएको सरकारी निकाय भूमिगत जलस्रोत विकास समिति हो ।

यसको कार्यक्षेत्र विशेष रूपमा तराईका जिल्लामा र त्यो पनि सिंचाइ प्रयोजनका लागि लक्षति भई व्यावहारिक रूपमा साँघुरिन पुगेको छ । यहाँ भूगर्भशास्त्रीहरू भूमिगत जलविज्ञको रूपमा कार्यरत छन् । यस समितिको कार्यक्षेत्रलाई विस्तृतीकरण गरी भूमिगत जलस्रोत विकास प्राधिकरणको स्वरुप दिनु जरुरी छ । यसको कार्यक्षेत्र भूमिगत जलस्रोतको व्यापक अध्ययन, अनुसन्धान, अनुगमन, नियमन, नियन्त्रण र उत्पादन अनुमति निर्धारण गर्नेतर्फ केन्द्रित गर्नु सान्दर्भिक देखिन्छ ।

यसका लागि आवश्यक जनशक्ति, संस्थागत संरचना तथा ऐन–नियम तर्जुमा गरी चारवटा रिभर बेसिनमा एक–एकवटा बेसिन कार्यालय स्थापना गरेर कार्य अघि बढाउँदा उपयुक्त हुन्छ । पहाडी भागमा भूमिगत जलस्रोतको सम्भाव्य नक्साहरू तयार गर्नसकेमा उक्त नक्सा जुनसुकै प्रयोजन –सिंचाइ र पिउने पानी) का लागि प्रयोग गर्न सकिन्छ । सिंचाइ विभाग अन्तर्गत भूमिगत सिंचाइ प्रणाली महाशाखाको कार्यक्षेत्र सिंचाइ प्रयोजनका लागि निश्चित छ भने पिउने पानीसंँग सम्बन्धित अन्य निकायमा नेपाल खानेपानी संस्थान र खानेपानी तथा ढल निकास विभाग हुन् । संस्थानको कार्यक्षेत्र मुख्यतः नगरपालिका क्षेत्र हो भने विभाग अन्तर्गत डिभिजन कार्यालयहरू अवस्थित छन् । त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड पनि एक समानान्तर निकायको रूपमा काठमाडौं उपत्यकामा पिउने पानी सुनिश्चित गर्ने उद्देश्यले स्थापना भएको छ । यी कार्यालयहरूलाई भूमिगत जलदोहनको जिम्मेवारी दिई आशातित प्रतिफलको अपेक्षा गर्न नीतिगत, संस्थागत तथा जनशक्ति संरचना परिमार्जन गर्नु जरुरी छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*