न्याय, समता र मानव गरिमाको सुनिश्चितता नै आधुनिक समृद्ध राष्ट्रनिर्माणको आधारशिला हो –प्रदेश प्रमुख देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले न्याय,समता र मानव गरिमाको सुनिश्चितता नै आधुनिक र समृद्ध राष्ट्रनिर्माणको आधारशिला भएको बताउनु भएको छ ।
ूजबसम्म नागरिकको सम्मानपूर्वक बाँच्ने अधिकारको ग्यारेन्टी हुदैन तबसम्म देश विकास हुन सक्दैनू प्रदेश प्रमुख देवकोटाले भन्नुभयो ।
नेपालको संविधानले प्रत्याभूत गरेका मौलिक हक, अधिकार तथा स्वतन्त्रताहरूको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाह गरेको भूमिका समय सापेक्ष, सशक्त र प्रेरणादायी रहँदै आएको देवकोटाले बताउनु भयो ।
मानव अधिकार आयोगको रजत जयन्तीको अवसर बागमती प्रदेश कार्यालयले हेटौंडामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
बार्षिकोत्सव केवल एक उत्सव मात्र नभई विगतका कार्यसम्पादनलाई बस्तुगत तवरले मूल्याङ्कन गर्ने, वर्तमानका चुनौतीहरूलाई चिर्ने संकल्प गर्ने र आगामी दिनमा स्पष्ट दिशा तय गर्ने अवसर पनि भएको उहाँले बताउनुभयो।
ूमानव अधिकारको सार्वभौम मान्यताअनुरूप समाजमा न्याय, समावेशिता र सहिष्णुताको संस्कृति संस्थागत गर्न सक्ने प्रेरणाको स्रोत बनाउन सक्नुपर्छू उहाँले भन्नुभयो ।
आयोगले सामाजिक न्यायका पक्षमा गरेको अभियान सराहनीय छ तर अझै पनि समाजमा हिंसा, द्वन्द, विभेद कायमै रहेको उहाँले बताउनुभयो । ूजसरी पनि मानवको सम्मानपूर्बक बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्दछू उहाँले भन्नुभयो ूकहालीलाग्दा मानव अधिकार हननका घटना घटिराख्नु दूर्भाग्य हो ।ू
नेपालको वर्तमान संविधानको धारा २४८ र २४९ ले मानव अधिकार आयोगको गठन, काम, कर्तब्य र अधिकारको बारेमा उल्लेख गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रको २०८०र२०८१ को २४ औं बार्षिक प्रतिवेदन हेर्दा प्रवर्धनात्मक कार्यमा हेटौंडा कार्यालय तुलनात्मक रूपमापछि परेको हो कि जस्तो देखिने उहाँले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सचिव महादेव पन्तले सरकार मानव अधिकारको पक्षमा रहेको बताउनुभयो । यसैगरी जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलानले मानव अधिकारको सवाल संवेदनशील भएको बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर शाहीले मानव अधिकार आयोग र यसक्षत्रमा काम गर्नेहरूलाई सरकारले सधैं साथ र समर्थन गर्दै आएको बताउनुभयो । ूमानव अधिकार सबैको सरोकारको सवाल होू उहाँ भन्नुभयो ।
आयोगको निमित्त प्रमुख पवित्रा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाका सहायक प्रजिअ राजेन्द्र प्रसाद कंडेल उच्च अदालत बारका अध्यक्ष मनप्रसाद भट्टराई, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्तिथि रहेको थियो ।







