प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद

हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर बिभीन्न फर्महरुलाई बितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।
सार्बजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम लगाउनु पर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम लगाउँदा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन् र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्वन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
यसैगरी महाँलेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा बिभीन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भएनभएको र अनुदानको सदुपयोग भएनभएको विषयमा महालेखाले प्रश्न उठाएको हो ।
महाँलेखा परिक्षकको कार्यालयले यस विषयमा लेखेको कुरा जस्ताको तेस्तै ।