हेटौंडाबाट २८७ क्याप्सुल लागूऔषध ट्रमाडोल सहित ५ जना पक्राउ

हेटौंडा । हेटौंडाबाट २८७ क्याप्सुल लागूऔषध ट्रमाडोल सहित ५ जना मानिसहरु पक्राउ परेका छन् । हेटौडा उपहाँनगरपालिका वडा नंबर–१३ पदमपोखरी वडा कार्यालय नजिकै सडकको किनारमा लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।
शंकास्पद रुपमा बसीरहेको अवस्थामा स्थानीय २५ वर्षिय अजित दोङ र २१ वर्षिय बिनय लामालाई खानतलासी गर्ने क्रममा निजहरुको साथबाट लागूऔषध ट्रमाडोल २५ क्याप्सुल सहित फेला परेको हो ।
उनीहरुलाई सोधपुछ गर्ने क्रममा मकवानपुरको बागमती गाउँपालिका वडा नंबर–४ घर भई हाल हेटौडा २ मानसचोक स्थित नेपाली चुलो होटलको संचालक सरिता माझीसंग खरिद गरी ल्याएको हो भनि बताए पश्चात उक्त होटलमा प्रहरी टोली खटि गई संचालक तथा अन्य २ जना व्यक्तीहरु शंकास्पद रहेका मकवानपुर बागमती गाउँपालिका वडा नंबर–४ घर भई हाल हेटौडा–२ बस्ने २२ वर्षिय उदेश राई र हेटौडा–९ बस्ने २९ वर्षिय मनिष तिल्सिना समेतलाई खानतलासी गर्दा लागूऔषध ट्रमाडोल २६२ क्याप्सुल र ३० ग्राम गाँजा फेला परेको छ । उनीहरुलाई आजै जिल्ला अदालत मकवानपुरमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।