महरा प्रकरणमा नयाँ माेड : महिलाले बयान फेरिन् कि फेर्न लगाइयाे ? (भिडियो सहित)

जनपत्र
१५ आश्विन २०७६, बुधबार ०५:५३

आफूलाई सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भनेर आरोप लगाएकी संसद सचिवालयकी एक कर्मचारीले एक दिन नबित्दै बयान फेरेकी छिन् ।

सोमबार साँझ एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै पीडित भनिएकी महिला कर्मचारीले सभामुख महरा आफ्नो कोठामा आएर आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । तर मंगलबार फेरि अर्को एउटा सञ्चारमाध्यममा पीडित भनिएकी महिलाले अन्तरवार्ता दिँदै आफ्नो कोठामा सभामुख नआएको र कुनै दुर्व्यवहार पनि नभएको भन्दै बयान फेरेकी हुन् ।

नागरिक खबरलाई अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ बीपी चेक गराउँदा भेट हुने हो । अहिले त धेरै भयो भेट पनि नभएको ।’ पीडित भनिएकी महिलाले सभामुखबाट राजीनामा दिइसकेका कृष्णबहादुर महरा आफ्नो बुवासरह भएको र आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी छिन् । उनले उल्टो सोमबार प्रकाशित समाचार पत्रकारले बंग्याएर लेखेको आरोप लगाएकी छिन्, ‘हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=jgAAbGKepJI

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*