अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा आयो , सवारीसाधन गुड्न थाले

हेटौंडा/ काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ सडकमा सवारीसाधन गुड्न थालेका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बगएपछि सडक अवरुद्ध भएको थियो ।
सडक मर्मतसम्भार गरेपछि आइतबार दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
कान्तिलोकपथ सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ ।