मकवानपुरमा १३ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।
पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक-पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।