निजामती कर्मचारी संगठनको स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयलाई सहयोग

मकवानपुर । नेपाल निजामती कर्मचारी संगठन, मकवानपुर कार्यसमितिले संगठन स्थापना दिवसको अवसरमा संस्कृत वेद विद्यालयलाई सहयोग गरेको छ ।
३५ औं संगठन स्थापना दिवसको अवसरमा आइतबार हेटौंडा–१० गोरक्षश्वरस्थित वेद विद्यालयलाई शैक्षिक, खाद्यान्नलगायतका सामाग्री सहयोग गरेको हो । संगठन मकवानपुर अध्यक्ष यादविन्द्र पौडेलको नेतृत्वको समितिको टोलीले कापी, कलम,चामल, दाल, तेल, नुन र सिलिङ फाइन गरी ३३ हजार रुपैंया बराबरको सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो ।
सहायोग कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति तथा राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था मकवानपुरबाट उक्त विद्याश्रमलाई प्रत्येक वर्ष २४ हजार रुपैंया सहयोग गर्ने निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलको अध्यक्षता र संगठन केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी लगायतकाको सहभागिता रहेको थियो ।