मकवानपुरमा बस दुर्घटनामा ४३ जना घाइते

हेटौंडा । मकवानपुरमा बस दुर्घटनामा ४३ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरीमा बस दुर्घटना हुँदा ४३ जना यात्रु घाइते भएका हुन् ।
पूर्व पश्चिम सडक खण्ड अन्तरगत सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना भएको हो । इटहरीबाट भैरहवा तर्फ जादै गरेको लु २ ख ५९९ नबरको बस सडक बाट १० मिटर तल खस्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा बसमा सवार ५२ जना मध्य ४३ जना यात्रु घाइते भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । घाइतेहरुको चितवनको पुरानो र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।