मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते

हेटौंडा । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा चालक गम्भिर घाइते भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–६ जुरिखेत स्थित भीमफेदि–कुलेखानी–काठमाण्डौ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका हुन् ।
काठमाण्डौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बा ४५ प ३४६० नंबरको मोटरसाइकल सडकको भित्तामा ठोकी दुर्घटना हुँदा चालक हेटौंडा–१८ ठुलोदमार बस्ने ४३ वर्षिय प्रदिप श्रेष्ठ गम्भिर घाइते भएका हुन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।