मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

जनपत्र
२ बैशाख २०८२, मंगलवार ०७:०९

हेटौंडा । मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महाँलक्ष्मी खोलामा ट्याक्सी सडकबाट ३५ मिटर तल खस्दा त्यसमा सवार ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

फाखेल हुमाने सडकखण्डमा कलंकीबाट काठमाण्डौ तर्फ जादै गरेको ६ जना सवार रहेको, बा २ ज २०४६ नबरको टेक्सी गाडिले ब्रेक लगाउदा चिप्लेर ३५ मिटर तल खस्दा टेक्सीमा रहेका ६ जना घाइते भएका हुन् । घाइतेहरुको काठमाण्डौंमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*