छत्रेडाँडामा आज प्रथम पाथीभरा महा–उत्सव हुदै

जनपत्र
१ बैशाख २०८२, सोमबार ०७:३१

हेटौंडा/ छत्रेडाँडामा आज नयाँ वर्षको दिन प्रथम पाथीभरा महा–उत्सव हुँदै छ ।
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ८ छत्रेडाँडामा पाथीभरा मन्दिर स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा बिशेष पुजा र हवन सहितको प्रथम पाथीभरा महा–उत्सब हुने भएको छ ।

पछिल्लो समय पर्यटकको केन्द्र बन्दै गरेको पाथीभरा दिव्य धाम छत्रेडाँडामा पाथीभरा देवीको जन्म उत्सव तथा स्थापनाको पहिलो वर्ष पुरा भएको उपलक्ष्यमा भव्य उत्सवको आयोजना गरिएको मन्दिर संरक्षक दिपक सिंह रुम्बाले जानकारी दिनु भयो ।

महा–उत्सवमा बिविध झाँकीहरु, सामुहिक हवन, भजन किर्तन, नाचगान, राष्ट्रिय नौमती संरक्षण संस्था मकवानपुरगढी ५ को प्रस्तुती, लोकदोहोरी गायिका पम्फा थापा लगायतको प्रस्तुति र बिभिन्न मनोरञ्जनात्मक खेलहरु समेत हुने कार्यक्रम मुल आयोजक समितिका संयोजक सोमलाल पाख्रिनले जानकारी दिनु भयो । मेलामा मकवानपुर लगायत आसपासका जिल्लाका भक्तजनहरुको उपस्थिती रहने पाख्रिनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*