मकवानपुरगढीमा घर सफा गर्ने क्रममा करेन्ट लागेर तिमल्सिनाको मृत्यु

हेटौंडा । मकवानपुरगढीमा घर सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमलटार बस्ने ५५ वर्षिय भुमि नन्द तिमल्सिना आफ्नै घरमा घर सफा गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भई उपचारको लागी हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
मृतक तिमल्सिनाको शव सोही अस्पतालमा रहेको र घटना सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।