मकवानपुरमा अफिम कारोबारीले लुटेको प्रहरीको पेस्तोल जंगलमा भेटियो

जनपत्र
१८ चैत्र २०८१, मंगलवार १०:२४

हेटौंडा । मकवानपुरमा अफिम कारोबारीले लुटेको प्रहरीको पेस्तोल जंगलमा भेटिएको छ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल कैलाश गाउँपालिका वडा नम्बर–१ बोल्ने लेक भन्ने जंगलमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए ।

ईलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङको पेस्तोल लागूऔषध कारोबारीले लुटेर आरोपीहरु फरार भएका थिए । पेस्तोल भेटिएको र लुटेराहरुको खोजी तिब्र भइरहेको एसपी खड्काले बताए ।

पेस्तोल र यसको लुटेराहरुको खोजीका लागि गएराती देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।

हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएका थिए । सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका थिए। ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको भोलीपल्ट आज फेला परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*