बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज बस्दै

जनपत्र
१७ चैत्र २०८१, सोमबार ०७:२९

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज अपराह्न साढे ४ बजे बस्ने भएको छ ।

प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने बैठकलाई सुव्यवस्थित सञ्चालन एवं विभिन्न विधेयकहरु पारित गर्न सरकारपक्ष र प्रतिपक्षबीच सहमति कायम गर्न सर्वदलीय बैठकको आयोजना गरिएको सभामुख पाठकले बताएका छन् । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरेर अघि बढ्ने तयारी गरिएको उनको भनाइ छ ।

उनका अनुसार सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको उनले बताए । उक्त बैठकले प्रदेशसभाको चैत १९ गते बस्ने बैठकका कार्यसूचीका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*