मकवानपुरमा एक घर जलेर नष्ट, ७ लाख बराबरको क्षति

जनपत्र
१६ चैत्र २०८१, आईतवार १४:५२

हेटौंडा । मकवानपुरमा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट ७ लाख बराबरको क्षति समेत भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–५ बोटबारी स्थित भिम बहादुर मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई एक्कासि आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक नबिन कुमार सिंहको कमाण्डमा टोली खटी गई स्थानियहरुको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीमा नगद चालिस हजारजलि नस्ट भएको, अन्नपात, काठ, भाडावर्तन र लत्ताकपडा गरी ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*