मकवानपुरमा भोली गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले, मनहरीबाट हेटौँडासम्म मोटरसाइकल र्याली
हेटौंडा । नेकपा एमाले मकवानपुरले भोली सोमबार मकवानपुरमा बृहत जागरणसभा आयोजना गर्दैछ ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।
जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै गणतन्त्रको पक्षमा जागरण गराउने योजनामा एमाले रहेको हो । जागरणसभा हेटौंडाको बुद्धचोकमा हुनेछ ।
जागरणसभा भन्दा अगाडि हेटौंडाको चार स्थानबाट विशाल (याली निकालिने भएको एमाले मकवानपुरका अध्यक्ष पोख्रेलले जानकारी दिए । सोमबार बिहान १० बजे पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट (याली निस्किने उनले बताए ।
गणतन्त्रको संरक्षण र सम्बद्र्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमालेले जागरणसभा गर्न लागेको अध्यक्ष पोख्रेल बताउँछन् । यो जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा पनि रहने उनको भनाई छ ।
मनहरीबाट हेटौँडासम्म एमालेले मोटरसाइकल र्याली गर्ने
गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि चैत १८ गते नेकपा एमालेले हेटौँडामा आयोजना गर्न लागेको जागरण सभा अन्तर्गत मनहरीबाट हेटौँडासम्म मोटरसाइकल ¥याली आयोजना हुने भएको छ ।
नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापन गर्न लागेको मोटरसाइकल ¥याली हेटौँडाको बुद्धचोकमा आयोजना हुने जागरण सभामा मिसिन जानेगरी तयारी गरिएको गाउँ कमिटीले जनाएको छ ।
२ सय भन्दा बढीको सहभागितामा मोटरसाइकल र्याली आयोजना गर्न लागिएको नेकपा एमाले मनहरी गाउँ कमिटीका अध्यक्ष नवीन सुवेदीले बताए । ‘मनहरी गाउँपालिका मात्रै नभएर राक्सिराङ, कैलाश गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको ३ र १९ नं वडाबाट समेत मोटरसाइकल ¥यालीमा युवाहरु थपिँदै जाने गरी व्यवस्था मिलाइएको छ’, अध्यक्ष सुवेदीले बताए । अनुसार ती वडा र पालिकाहरुका नेताहरुसँग पनि एमाले मनहरी गाउँ कमिटीले समन्वय गरिरहेको छ ।
मोटरसाइकल र्यालीमा सहभागी नहुने अन्य नेता कार्यकर्ताहरु बस, ट्रक, बोलेरो भ्यान, निजी गाडीहरु प्रयोग गरेर हेटौँडाको जागरण सभामा सहभागी हुन जानेछन् । मोटरसाइकल ¥यालीलाई व्यवस्थित, अनुशासित र संयम बनाएर सहज रुपमा जागरण सभा परिसरमा पु¥याउनका लागि मसिनो गरी तयारी भइरहेको गाउँ कमिटीका उपसचिव अमृत बर्तौलाले बताए ।







